Template Updates

Wednesday 6 June 2012

पाल विद्युत प्राधिकरण


��नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । नदीमा पानीको वहाब बढेर विद्युत उत्पादनमा केही सुधार आएपछि प्राधिकरणले शुक्रवारवाट लागु हुने गरी लोडसेटिङ प्रतिदिन एक घण्टा घटाएको हो ।
दैनिक ९ घण्टा लोडसेडिङ हुदै आएकोमा अब दैनिक ८ घण्टामात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । दैनिक १ करोड ५२ लाख युनिट विद्युतको माग भएपनि अफै ३५ लाख युनिट विजुली आपूर्ति चाहिने भएकाले लोडसेडिङ दैनिक ८ घण्टा कायम राखिएको हो ।
यसैगरी औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ एक घण्टाकै दरले घटाइएको छ । दैनिक १२ घण्टाका दरले हुँदै आएको लोडसेडिङ घटाएर दैनिक ११ घण्टामा झारिएको छ । प्राधिकरणका अनुसार ७० प्रतिशत चुवाहट हुने ठाउँमा भने थप ५ घण्टा लोडसेडिङ हुनेछ ।

0 comments:

Post a Comment